काठमाडौं, २ पुस । नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार थाइल्याण्डमा भएको खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले दिएको १८४ रनको चुनौति पछ्याएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै सिमित भयो । सिंगापुरका लागि सुरुआती ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सर्वाधिक ३१ रन जोडे । त्यस्तै अर्नव वाडवाले २१ रनको योगदान गर्दा राहुल शर्माले १५ रन बनाए ।
सिंगापुरको ब्याटिङ लाइनअप भंग गर्न नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३/३ विकेट लिए । नारायण जोशी र कुशल मल्लले १/१ विकेट लिन सफल भए ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनायो । उक्त योगफल तयार पार्न नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ६३ रन जोडे । त्यस्तै सुवास ऐरले २२ रन बनाउँदा नारायण जोशीले नटआउट ४६ रन बनाए । अर्का नटआउट रहेका ब्याट्सम्यान प्रतिश जिसीले १० रन बनाए । सुनिल भण्डारी १५ रनमा आउट भए ।
नेपालका ओपनर कुशल मल्लले खाता नै खोलेनन् भने अर्का ओपनर राजन मगर ३ रनमै पेभेियन फर्के ।
तस्बिर : क्रिकएनपी
The post एसिसी यू-१६ : सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन appeared first on Sajha Post.