एजेन्सी, ३ पुस । आइतबार राति भएको लालिगामा बार्सिलोनाले डेपोर्टटिभो ला कोरुनालाई ४-० गोलले पराजित गरेको छ । खेलमा नायक सावित भए लुइज स्वारेज र पोउलिन्हो ।
खेलको २९ औ मिनेटमा गोल गर्दै लुइज स्वारेजले बार्सिलोनालाई अग्रता दिलाए । खेलको ४२ औ मिनेटमा पोलिन्होले गोल गरे । खेलकोदोस्रो हाफमा पनि बार्सिलोना उत्तिकै आक्रामक देखियो ।
बार्सिलोनाका लागि तेस्रो गोल लूइज स्वारेजले गरे । खेलको ७० औ मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुके । तर, खेलको ७५ औ मिनेटमा पोउलिन्होले चौथो गोल गरे । यो जितसँगै बार्सिलोनाले १६ खेलमा ४२ अंक जोडेको छ ।
The post बार्सिलोनाले हान्यो चार गोल appeared first on Sajha Post.