काठमाडौंं, ३ पुस । नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुन लागेको हो ।
उद्घाटन खेलमा काठमाडौ किंस इलाभेन र ललितपुर प्याट्रियट्सले आपसमा प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली सुरुवाती जित निकाल्ने दाउमा रहेका छन् ।
श्रीलंकाका परवेज महारुफको कप्तानीमा काठमाडौं किंस इलाभेन मैदानमा उत्रदै छ भने ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियट्स मैदानमा उत्रिने तयारी गरिरहेको छ ।
आज बिहान ११ बजेबाट ललितपुर क्रिकेट मैदानमा यी दुईबीचको खेल हुनेछ । प्रतियोगितामा काठमाडौं किंस इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्याडियर्टस, बिराटनगर वायरियर्स, पोखरा राईनोज र चितवन टाइगर्स सहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
The post यसरी उद्घाटन हुँदैछ बहुप्रतिक्षित इपिएल क्रिकेट appeared first on Sajha Post.