Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इपिएल क्रिकेट : काठमाडौंद्वारा ललितपुरलाई ९० रनको चुनौति

$
0
0

काठमाडौं, ३ पुस । इपिएल टी-२० क्रिकेटको पहिलो खेलमा काठमाडौं किंग एलाभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको चुनौति दिएको छ ।

सोमबार राजधानीको किर्तिपुर मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्भारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको हो । काठमाडैंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए । त्यस्तै श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले १५, सोमपाल कामीले १४ रन योगदान गरे । कप्तान फरवेज महारुफ र सागरकुमारले समान ७ रन बनाउँदै पेभेलियन फर्के ।

काठमाडौंका लागि ओपनर सागर पुन खासै जम्न सकेनन् । उनी ४ रनमै आउट भए । ललितपुरका सुबोधकुमार भाटीले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिन सफल भए । त्यस्तै मेहबुब आलमले २ विकेट लिन सफल भए ।

अब केही बेरमा ललितपुर प्याट्रियट्स जवाफी ब्याटिङमा उत्रँदैछ ।

 

The post इपिएल क्रिकेट : काठमाडौंद्वारा ललितपुरलाई ९० रनको चुनौति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles