Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इपिएल क्रिकेट : ललितपुरले काठमाडौंलाई ७ विकेटले हरायो

$
0
0

काठमाडौं, ३ पुस । इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत ललितपुर प्याट्रियट्सले काठमाडौं किंस इलाभेनलाई पराजित गरेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ललितपुरले काठमाडौंलाई सात विकेटले हराएको हो । काठमाडौंले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

ललितपुरका लागि जयकिसन कोल्सावालाले उत्कृष्ट पारी खेले । उनले सर्वाधिक नटआउट ४४ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए ।ज्ञानेन्द्र मल्लले २० रन बनाउँदा राजबिर सिंहले १४ रनको योगदान गरे ।

काठमाडौंका लागि अक्क्षु फर्नान्डोले २ विकेट लिए भने जितेन्द्र मुखियाले १ विकेट लिन सफल भए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । काठमाडौंको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुबोधकुमार भाटीले ४ विकेट लिएका थिए । त्यस्तै ललित राजवंशीले ३ विकेट लिन सफल भएका थिए भने मेहबुब आलमले २ विकेट लिएका थिए ।

The post इपिएल क्रिकेट : ललितपुरले काठमाडौंलाई ७ विकेटले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles