एजेन्सी, ९ पुस । ला लिगा अन्तर्गत शनिबार भएको खेललाई मानिसहरुले विशेषरुपमा हेरे । यस सिजन लयमा रहेको बार्सिलोनाले रियललाई उसको घरेलु मैदानमा धुलो चटायो । रियललाई बार्सिलोनाले ३-० गोलले पराजित गरेको थियो ।
शनिबारको खेल चर्चामा रह्यो । बार्साका लागि लुइस स्वारेज, लियोनल मेसी र एलेक्स भिडालले गोल गरे । उता रियलका लागि क्रिष्टियानो रोनाल्डोले दुई मौका बनाए पनि बलले जाली चुम्न सकेन । रियलका चर्चित खेलाडी करिम बेन्जमाले प्रहारको गरेको बल बारमा लागेर फर्कियो । त्यसैबेला रियलका ड्यानी ह्याण्डबलका कारण रेड कार्ड खाँदै बाहिरिए ।
तर खेलको अन्तिममा मेसीको एउटा खुट्टामा जुत्ता (बुट) देखिएन । मोजा मात्रै देखिएको थियो । उनले बुटबिना नै गोलका लागि सुन्दर पास मिलाएका थिए । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा यतिबेला चर्चा चलिरहेको छ ।
The post बुटबिना मैदानमा मेसी ! appeared first on Sajha Post.