Quantcast
Viewing all articles
Browse latest Browse all 7991

म्यानु पुनः बराबरीमै सिमित, म्यान सिटीसँगको अंकदुरी झन् बढ्यो

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १२ पुस । म्यानचेस्टर युनाइटेड पुनः बराबरीमा सिमित भएको छ ।

यस अघि भएको खेलमा लेइसेस्टर सिटीसँग बराबरी खेल खेलेको म्यानुले बन्र्लीसँग पनि दुईदुई गोलको बराबरी खेल खेलेको छ । पहिलो हाफमा दुई गोलले पछि परेको म्यानुले दोस्रो हाफमा दुई गोल फर्काएको थियो ।

बन्र्लीका लागि एस्ली बार्नेस र स्टेभेन डेफोरले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा म्यानुले सानदार कमव्याक गरेको थियो । म्यानुका लागि जेस्सी लिंगार्डले दुई गोल गरेका थिए । यो खेलसँगै म्यानुको २० खेलमा ४३ अंक रहेको छ । म्यान सिटीको १९ खेलबाट ५५ अंक रहेको छ ।

गएराति नै भएका अन्य खेलमा लेइसेस्टर सिटी वार्टफोर्डसँग २-१ गोलले पराजित भएको छ । स्टोक सिटी र हडल्सफिल्ड टाउनले एकएक गोलको बराबरी खेल खेलेका छन् । इभर्टन र वेस्टब्रोमले गोलरहित बराबरी खेल खेलका छन् ।

The post म्यानु पुनः बराबरीमै सिमित, म्यान सिटीसँगको अंकदुरी झन् बढ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles