एजेन्सी, १३ पुस । बुधबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १-० गोलले पराजित गरेको छ ।
यस सिजन उत्कष्ट फर्ममा रहेको म्यानसिटीको अपराजित यात्रा पनि कायमै रहेको छ ।
सिटीका लागि एकमात्र गोल रहिम स्टलिंगले गरेका थिए । खेलको पहिलो मिनेट देखिनै आक्रामक खेल प्रदर्शन गरेको सिटीका लागि सर्जियो अगुइरोले केही राम्रा अवसरहरुमा गोल गर्न सकेनन् ।
यो जितसँगै सिटीको २० खेलमा ५८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानुको ४३ अंक रहेको छ । न्युक्यासलको समस्या भने बढ्न थालेको छ । न्युक्यासलको २० खेलमा १८ अंक रहेको छ ।
The post म्यान सिटीको कठिन जित appeared first on Sajha Post.