Quantcast
Viewing all articles
Browse latest Browse all 7991

पिएसजी स्ट्राइकर उमबाप्पे भन्छन्- रोनाल्डो अब मेरो हिरो रहेनन्

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १३ पुस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले क्रिष्टियानो रोनाल्डोबारे आफ्नो धारणा बदलेका छन् । आफ्नो बाल्यकालदेखि नै रोनाल्डोलाई हिरो मान्दै आएका एमबाप्पेले अब त्यस्तो अवस्था नरहेको नरहेको प्रतिक्रिया दिएका हुन् । ‘रोनाल्डो अब मेरो आइडल रहेनन्,’ उनले भने, ‘अब त्यो समय सकियो ।’

‘उनी मेरो बाल्यकालका हिरो हुन्, उनीसँग मैले भेटेको समय निकै उत्साहपूर्ण थियो,’ स्पेनिस पत्रिका मार्कासँग एमबाप्पेले भने, ‘म सानो हुँदा उनीको खेल हेरेर उत्साहित हुन्थेँ । तर अब त्यो समय सकियो । अब म बर्नाबेउ खेल्नका लागि जाँदैछु र जितका लागि पनि ।’

उनले आफूलाई रोनाल्डोको प्रतिस्पर्धीको रुपमा प्रस्तुत गरे । उनले भने ‘म अहिले उनको प्रतिस्पर्धी हुँ र प्रतिस्पर्धी पनि छु । म जित चाहन्छु, यसमा आफ्नो अघि को छ भन्ने कुराले कुनै अर्थ राख्दैन । हामी जित्न चाहन्छौं ।’

यो सिजनमा रियल मड्रिडले एमबाप्पे भित्र्याउने प्रयास गरेको थियो । तर, उनले रियलको प्रस्ताव अस्वीकार गर्दै मोनाकोबाट आफ्नो बाल्यकालको क्लब पेरिस सेन्ट–जर्मेन गए । प्रभावशाली प्रदर्शन गर्दै आएका १९ वर्षिय एमबाप्पेलाई रोनाल्डोलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीको रुपमा हेरिएको थियो । उनले कुनै बेलाको आफ्ना आइडल रोनाल्डोसँग अब प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आउँदो फेब्रुअरी १४ मा पिएसजीले रियल मड्रिडसँग बर्नाबेउमा खेल्नेछ ।

एमबाप्पेले रोनाल्डोबाट धेरै कुरा सिक्न सकिने बताइरहँदा उनी अतुलनीय खेलाडी भने नभएको धारण राखे । उनले आफ्नो नयाँ हिरोको रुपमा पिएसजीमै रहेका नेइमारलाई उभ्याए । उनले रोनाल्डो र नेयमारलाई तुलना गर्न सकिने धारणा राखे । अत्यन्तै सहयोगी र आत्मिय खेलाडीको संज्ञा दिँदै एमबाप्पेले नेयमारलाई आफ्नो हिरो बताएका हुन् ।

The post पिएसजी स्ट्राइकर उमबाप्पे भन्छन्- रोनाल्डो अब मेरो हिरो रहेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles