Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडले हान्यो सात गोल

$
0
0

एजेन्सी, ८ माघ । आइतबार राति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले डेपोटिपो ला कुरानालाई ७-१ गोलले पराजित गरेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने डेपोटिेपोले लोपेजको गोल मार्फत लिएको थियो ।

तर, त्यसपछि रियलले गोलको वर्षा नै गर्यो ।

रियलका लागि नाचोले बराबरी गोल फर्काए । यस सिजन फर्ममा देखिएका ४२ औ र ५६ औ मिनेटमा गोल गरे । लुका मोड्रिकले ६८ औ मिनेटमा चौथो गोल गरे ।

यस सिजन आलोचित बनेका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औ र ८४औ मिनेटमा गोल गरे ।

खेल सकिन केही मिनेट बाँकी रहँदा नाचोले सातौ गोल गरे । यो जितले रियललाई केही राहत दिएको छ । रियलको १९ खेलमा ३५ अंक भएको छ ।

The post रियल मड्रिडले हान्यो सात गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images