Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजी पराजित

$
0
0

एजेन्सी, ८ माघ । फ्रेन्च लिग वानमा स्टार खेलाडीहरुले भरिएको क्लब पिएसजीलाई झट्का लागेको छ । दोस्रो स्थानमा रहेको लियोनले पिएसजीलाई २-१ गोलले पराजित गरेको छ ।

खेलमा अग्रता लियोनले नै लिएको थियो । लियोनका लागि नेबिल फकिरले गोल गरेका थिए । तर, पिएसजीका लागि लेभिन कुर्जाभाले बराबरी गोल फर्काए ।

खेलको ५७ औ मिनेटमा पिएसजीका खेलाडी ड्यानी एल्भ्सले रातो कार्ड पाउँदा पिएसजी १० जनामा सिमित बन्न पुग्यो ।

खेलको अन्त्यतिर मेम्फिस डिपेले सानदार गोल गर्दै लियोनलाई जित दिलाए । यो जितसँगै शिर्ष स्थानमा रहेको पिएसजीको २२ खेलमा ५६ अंक छ भने लियोनको ४८ अंक रहेको छ ।

The post पिएसजी पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles