Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेयरकप क्रिकेट : थालिगाडा सेमिफाइनलमा

$
0
0

बैतडी, ८ माघ । दशरथचन्द नगरपालिका–६ थालिगाडा, बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो ।

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका गोविन्द भट्टले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए ।

दशरथचन्दले १३.५ ओभरमा ८९ रनको लक्ष्य पूरा गर्‍यो । चन्दन रावल र लोकेन्द्र रावलले १५/१५ रन बनाए । बलिङतर्फ दुर्गाभवानीका गोविन्द भट्टले तीन विकेट लिए । चार विकेट लिएका थालिगाडाका शंकर महर ‘म्यान अफ द म्याच’ घोषित भएको नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।

मंगलबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेल देहिमाण्डौँ र थालिगाडाबीच तथा दोस्रो सेमिफाइनल खलंगा र ग्वाल्लेकबीच हुनेछ ।
रासस

The post मेयरकप क्रिकेट : थालिगाडा सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles