एजेन्सी, १० माघ । मंगलबार राति भएको कोपा डेल रे कपमा एट्लेटिको मड्रिडलाई सेभिल्लाले ३-१ गोलले पराजित गरेको छ ।
सम्रगमा ५-२ गोलले पाखा लगाउँदै सेभिल्ला कोपा डेल रेको अर्को चरणमा प्रवेश गरेको छ ।
सेभिल्लाका लागि सर्जियो यसकुइडेरोले गोल गर्दै अग्रता दिलाएका थिए ।
एट्लेटिकोका लागि एन्टोनियो क्रिजम्यानले बराबरी गोल फर्काएका थिए ।
खेलको४८ औ मिनेटमा इभर बनेगाले सेभिल्लालाई अग्रता दिलाए । खेलको ७९ औ मिनेटमा पाब्लो साराभियाले तेस्रो गोल गरेका थिए । यो हारसँगै एट्लेटिको कोपा डेल रे कपबाट बाहिरिएको छ ।
The post एट्लेटिको मड्रिड ‘कोपा डेल रे’ कपबाट बाहिरियो appeared first on Sajha Post.