एजेन्सी, १० माघ । मंगलबार राति भएको इएफएल कपमा म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई ३-२ गोलले पराजित गरेको छ । सम्रगमा म्यान सिटीले ५-३ गोलको जित निकाल्दै इफएलकपको फाइनलको यात्रा तय गरेको छ ।
म्यान सिटीले खेलमा लियोरे साने र सर्जियो अगुइरोको दुई गोलको अग्रता बनाए पनि ब्रिस्टोलले दुई गोल फर्काएको थियो ।
ब्रिस्टोलका लागि मार्लोन र एडेनले एकएक गोल गरेका थिए । तर, खेल सकिन केही मिनेटमात्रै बाँकी रहँदा केभिन डि ब्रुनेले म्यान सिटीका लागि गोल गरेका थिए । फाइनलमा अब म्यान सिटीले चेल्सी वा आर्सनलसँग भिड्नेछ ।
The post म्यानचेस्टर सिटी इएफएल कपको फाइनलमा appeared first on Sajha Post.
