Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीलाई पाखा लगाउँदै आर्सनल इएफएल कपको फाइनलमा

$
0
0

एजेन्सी, ११ माघ । बुधबार राति भएको काराबाओ कपको सेमिफाइनल खेलको दोस्रो लिग चरणमा आर्सनलले चेल्सीलाई २-१ गोलले पराजित गरेको छ ।

पहिलो लिग चरणमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

समग्रमा २-१ गोलको जित निकाल्दै आर्सनल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । खेलमा अग्रता चेल्सीले लिएको थियो । चेल्सीका लागि इडिन हजार्डले खेलको ७ औ मिनेटमा गोल गरेका थिए ।

तर, एक गोलले पछि परेको आर्सनलले सानदार कमव्याक गर्यो । खेलको १२ औ मिनेटमा एन्टोनियो रुडीगरले आत्मघाती गोल गर्दा चेल्सीलाई धक्का लाग्न पुग्यो ।

आर्सनलका लागि ग्रानिट जाखाले खेलको ६० औ मिनेटमा गोल गर्दा चेल्सीलाई झट्का लाग्यो भने फाइनलमा पुग्ने सपनामा समेत चक्नाचुर भयो । अब आर्सनलले फाइनलमा म्यानचेस्टर सिटीसँग सामना गर्नेछ ।

The post चेल्सीलाई पाखा लगाउँदै आर्सनल इएफएल कपको फाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images