Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिड आउट, जिदानको जागिर धरापमा

$
0
0

एजेन्सी, ११ माघ । बुधबार राति भएको कोपा डेल रे कपमा रियल मड्रिडलाई झट्का लागेको छ ।

लेगानेसले इतिहास रच्दै रियललाई नकआउट गर्न सफल भएको छ ।

पहिलो लिगमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो लिगमा भने लेगानेससँग २-१ गोलले पराजित भएको हो । सम्रगमा २-२ गोलको बराबरी भएपनि अवे गोलका आधारमा रियललाई लेगानेसले पाखा लगाएको हो ।

यो हारसँगै रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानको जागिर पनि धरापमा परेको छ ।

उनले पिएसजीविरुद्धको खेलले नै आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् ।

तर, रियलका खेलाडी सर्जियो र्यामोसले प्रशिक्षकले भन्दा पनि डिफेण्डरहरुले खेलको नतिजाको जिम्मेवारी लिनुपर्ने बताएका छन् । रियल ला लिगामा बार्सिलोनाभन्दा १९ अंकले पछि रहेको छ ।

The post रियल मड्रिड आउट, जिदानको जागिर धरापमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images