एजेन्सी, १८ माघ । बुधबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई झट्का लागेको छ ।
टोटनह्यामसँग २-० गोलले पराजित भएपछि म्यानचेस्टर सिटीसँगको अंकदुरी झन् बढेको छ ।
खेलको पहिलो मिनेटमा नै क्रिस्टियन इरिकसनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो मिनेटमा नै गोल खाएपछि म्यानुले सम्हालिएको खेल प्रदर्शन गरेको थियो ।
तर, खेलको ३८ औ मिनेटमा फिल जोन्सले आत्मघाती गोल गर्दा म्यानुको मनस्थिति निकै कमजोर बन्न पुग्यो । दोस्रो हाफमा केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।
गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टब्रोमविच एलबियनलाई ३-० गोलले पराजित गरेको छ । सिटीका लागि फर्नानडिन्हो, केभिन डि ब्रुने र सर्जियो अगुइरोले एकएक गोल गरेका थिए ।
The post म्यानचेस्टर युनाइटेड पराजित appeared first on Sajha Post.