Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ओलम्पिक खेलका लागि रसियाका २८ खेलाडीमाथिको प्रतिबन्ध फुकुवा

$
0
0

एजेन्सी, १८ माघ । रसियाका २८ जना एथलेट्समाथि लगाइएको ‘डोपिङ’ प्रतिबन्धलाई अन्तराष्ट्रिय ओलम्पिक समितिले विहिबार  फुकुवा गरेको छ ।

खेलका लागि मध्यस्थता गर्ने एउटा अदालत सिएएसले ति प्रतिबन्धित खेलाडीहरुको अपिललाई समर्थन गर्दै उक्त डोपिङका नियमहरुलाई ति खेलाडीहरुले तोडेको कुनैपनि पर्याप्त प्रमाण नभएको बताएको छ । ति खेलाडीहरुले २०१४ को सोची शीतकालिन खेलहरुमा डोपिङको नियम तोडेको आरोप लागेपछि प्रतिबन्ध झेल्दै आएका छन् ।

अदालतको उक्त भनाइपछि उनीहरुले पियोङच्याङमा आगामी फेब्रुअरिमा हुने शीतकालीन ओलम्पिक खेलमा सहभागिता जनाउन पाउने छन् ।

सिएएसले अन्य ११वटा मुद्दाहरुमा डोपिङ नियम मिचिएको पुष्टि गरेको छ । तर उसले त्यस्ता गल्तिहरुका लागि आजीवन प्रतिबन्ध उचित नभएको भन्दै २०१८ को यस खेलका लागि ति प्रतिबन्धहरु हटाइनुपर्ने बताएको छ ।

डोपिङ नियम एथलेट खेलाडीहरुमाथि खेल प्रतिस्पर्धाको समयमा ड्रग्सको प्रयोग गरेको अवस्थामा लगाइने प्रतिबन्ध हो ।

The post ओलम्पिक खेलका लागि रसियाका २८ खेलाडीमाथिको प्रतिबन्ध फुकुवा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles