Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फिफा वर्ल्डकप २०१८ को ट्रफीको यात्रा सुरु, फुटबलप्रेमीलाई प्रत्यक्ष हेर्ने अवसर

$
0
0

एजेन्सी, १९ माघ । फिफा वर्ल्डकप २०१८ को ट्रफीको यात्रा सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ ।

विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्‍याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पु¥याइने छ ।

सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर ट्रफीको विश्वयात्राको सुरुवात गरेको हो । यो सक्कली ट्रफीको यात्रा कोकाकोलाले जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पुर्‍याइएको थियो । जसलाई विश्वका लाखौ‌ फुटबल प्रेमीले प्रत्यक्ष रुपमा देख्ने अवसर पाएका थिए ।

सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्व कपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पुर्‍याइएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए ।

अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको वर्ल्डकप ट्रफी २०१४ ब्राजिल वर्ल्डकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।

त्यतिबेला सन् २०१३ को डिसेम्बर २१ मा भुटानबाट ट्रफीलाई नेपाल ल्याइएको थियो । त्यसलाई नेपाल ल्याउन कोकाकोलाले एन्फासँग सहकार्य गरेको थियो । काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गरिएको ट्रफीलाई तत्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका थिए । जहाँ ७५०० फुटबल प्रेमीले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए ।

फिफा वर्ल्डकपमा दिइने वास्तविक ट्रफीलाई फुटबलका फ्यानको बीचमा पुर्‍याउने र उनिहरुले ट्रफीसँग फोटो खिच्ने अवसर कोकाकोलाले प्रदान गर्दै आएको छ । फुटबल म्याचको फाइनलमा मात्रै प्रर्दशन गरिने र त्यसअघि  (दि फिफा वल्र्ड फुटबल म्युजियम)मा राखिने यो ट्रफीलाई विश्वभर पुर्‍याएर नजिकबाट नियाल्ने मौका कोकाकोलाले प्रदान गर्दै आएको छ ।

२०१८ वर्ल्डकप ट्रफी ५४ देशमा पुर्याइने छ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । जनवरी २४ को दिन श्रीलंकाको साँग्रिला होटलमा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सार्वजनिक गरेका थिए । उक्त अवसरमा श्रीलंकेली प्रधानमन्त्री रनिल बिक्रेमे सिंन्हेले १५०० भाग्यशाली फुटवल फ्यानबाट फुटबल विकासको बारेमा राय सुझाव लिएका थिए । जसले श्रीलंकाली फुटबल सन् २०३० सम्म कहाँ पुर्याउने भन्ने लक्ष्य सार्वजनिक गर्न सहयोग पुगेको जनाइएको छ ।

श्रीलंकामा भएको उक्त कार्यक्रममा कोकाकोला नेपालका कन्ट्री मार्केटिङ म्यानेजर गौरभ रामदेवले सहभागिता जनाएका थिए । उनले भने,  ‘कोकाकोला फुटबल खेलसँग जोडिन पाउँदा निकै गर्व गर्छ । यो विश्वमै सबैभन्दा बढी चर्चा गरिने, हेरिने र खेलिने खेल हो । कोकाकोलाले यो यात्रा मार्फत आउने नयाँ पिढीका युवा फुटबल फ्यानहरुलाई प्रोत्साहन गरको छ ।’

The post फिफा वर्ल्डकप २०१८ को ट्रफीको यात्रा सुरु, फुटबलप्रेमीलाई प्रत्यक्ष हेर्ने अवसर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images