Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरानमा

$
0
0

सुनसरी , २० माघ । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ र्पुयाइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् । यस्तै आजै आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुलिस र थ्रीस्टार क्लब बीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगाशालामा हुने खेलमा दुवै टिम जित्ने लक्ष्यका साथ मैदनामा उत्रदै छन् ।

The post बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images