Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाइने : राखेप सदस्य सचिव विष्ट

$
0
0

पोखरा, २१ माघ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिने बताएका  छन् ।

खेलकुद पत्रकार मञ्च कास्कीद्वारा अाइतबार  पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिए । आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

उनका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ ।

पोखरा रंशालाको प्यारापिट निर्माणका लागि एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि  चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उनले बताए ।

परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उनले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।
रासस

The post दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाइने : राखेप सदस्य सचिव विष्ट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles