एजेन्सी, २२ माघ । आइतबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोना इस्पोनियोलसँग हार्नबाट जोगिएको छ ।
इस्पानियोलको घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले इस्पोनियलसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।
पहिलो हाफमा लियोनल मेस्सीबिनै उत्रिएको बार्सिलोनाले इस्पानियोलमाथि दबाब बनाइ राखेपनि दोस्रो हाफमा भने रोक्न सकेन ।
खेलको ६६ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै इस्पानियोललाई अग्रता दिलाए ।
दोस्रोमा हाफमा लियोनल मेस्सी खेल मैदानमा उत्रिए । खेलको ८२ औ मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । यो सँगै बार्सिलोनाले २२ खेलमा अपराजित यात्रा कायम गरेको छ । २२ खेलमा बार्सिलोनाको ५८ अंक रहेको छ ।
त्यस्तै गएराति भएको अर्को रोमाञ्चक खेलमा एट्लेटिको मड्रिडले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको छ । एट्लेटिकोका लागि एकमात्र गोल एन्जल कोरियाले गरेका थिए ।
The post हार्नबाट जोगियो बार्सिलोना appeared first on Sajha Post.