एजेन्सी, २५ माघ । पछिल्लो समय रियल मड्रिडको खेल निराशाजनक रहेको छ ।
२१ खेल खेलिसक्दा रियलको जम्मा ३९ अंक रहेको छ । लिग उपाधिका लागि पनि रियल यस सिजन प्रतिस्पर्धी हुन सकेन । ब्राजिलियन खेलाडी रोनाल्डोले रियललाई नियमार किन्न सुझाव दिएका छन् ।
यसै सिजन २२२ मिलियन पाउण्डमा नियमार बार्सिलोनाबाट पिएसजी गएका हुन् । केही मिडियाले त उनी रियल मड्रिड जान कै लागि पनि बार्सिलोना छोडेको बताइरहेका थिए । तर, पछिल्लो समय यो हल्लाले व्यापकता पाएको छ ।
रियलमा चार सिजन बिताएका रोनाल्डोले नियमारलाई रियलले अनुबन्ध गर्न सकेमा समस्या समाधान हुने बताएका छन् ।
रियलले जहिले पनि उत्कृष्ट खेलाडी अनुबन्ध गर्दै आइरहेको उनले बताए ।
दुई पटक विश्वकप जितेका रोनाल्डोले भनेका छन्, ‘स्पेनिस लिगमा राम्रो खेल प्रदर्शन नगरे पनि रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्नेछ । मैले रियलका कुनै पनि एजेन्टले नियमारबारे कुरा गरेको सुनेको छैन । यसबारे क्लबको ध्यान जाओस् ।’
The post रियल मड्रिडको विकल्प भनेको नियमार अनुबन्ध गर्नु नै होः रोनाल्डो appeared first on Sajha Post.