काठमाडौँ, २५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ। आजै केन्या र यूएई वान्डरर्स मैदानमा प्रतिस्पर्धा गर्नेछन्। अर्को खेलमा ओमान र क्यानडाबीच ट्रस्टको युनाइटेड मैदानमा भिडन्त हुनेछ।
डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सवै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्।
एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
The post डिभिजन–२ को पहिलो खेलमा नेपाल आयोजक नामिबियासँग भिड्दै appeared first on Sajha Post.