धरान, २५ माघ । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । दिउँसो हुने खेलमा थ्रीस्टार क्लब र भारतको दुर्गापु स्टिल क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।
बिजेता टोलीले उपाधीका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै आजैबाट बाराको सिमरा रङ्गशालामा नवौं सिमरा गोल्डकपको शुरु हुँदैछ । आयोजक नवजनजागृती युवा क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए ।
साविक विजेता सिएमजी क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी, विजय युथ क्लब धनगढीसहित आयोजक नवजनजागृती युवा क्लबको एनजेजेवाईसी, सेतो र एनजेजेवाईसी निलो गरि १० टिम सहभागि हुनेछन् ।
फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
The post बुढासुब्बा गोल्डकपः दोस्रो सेमिफाइनलमा थ्रीस्टार र दुर्गापुरको भिडन्त appeared first on Sajha Post.