काठमाडौं, ४ असार । नेपाली क्रिकेट टोलीले बेलायतको पुरानो क्रिकेट क्लव म्यारिलिबोन क्रिकेट क्लव (एमसिसी) लाई ४१ रनले पराजित गरेको छ ।
बेलायतको लर्डस क्रिकेट मैदानमा भएको एक दिवसीय मैत्रीपूर्ण खेलमा नेपालले एमसिसीलाई ४१ रनले हराएको हो । यसभन्दा अगाडि भएका ४ वटै खेलमा नेपालले जीत हात पारिसकेको छ । बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षको अवसरमा नेपाली क्रिकेट टीम बेलायत भ्रमणमा रहेर अभ्यास खेल खेलेको हो।
टस जितेर ब्याटिङमा उत्रेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २१७ रन बनाएको थियो । तर जवाफी ब्याटिङमा उत्रेको एमसिसीले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १७६ रन मात्र जोड् सफल भएको थियो ।
नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपालको जीतका लागि सागर पुन र बसन्त रेग्मीले ३-३ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट तथा शक्ति गौचन र सन्दिप लामिछानेले १-१ विकेट लिएका थिए । एमसिसीका जर्ज अडाएरले शतक पुरा गरेका थिए तर पनि उनको टीम भने नेपालसँग पराजित हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ३९, कप्तान पारस खड्काले ३०, शरष्द भेषावाकरले २७, सागर पुनले २६, राजु रिजालले २४, सोमपाली कामीले २०, बिनोद भण्डारीले ९ र अनिल मण्डलले ४ रन बनाएर आउट भएका थिए । बसन्त रेग्मी भने २४ रनमा अविजित रहे ।
The post नेपाली क्रिकेट टीमद्धारा लर्डसमा शानदार प्रदर्शन appeared first on Sajha Post.