Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डिभिजन टू : दोस्रो खेलमा ओमनसँग ६ विकेटले पराजित भयो नेपाल

$
0
0


काठमाडौं, २६ माघ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ । ओमनले ३५. १ ओभरमै केवल ४ विकेट खर्चिएर नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टायो ।
नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वाधिक ४ तथा बिलाल खानले २ विकेट लिएका थिए । ओमानका लागि अकिस इलायसले सबैभन्दा बढी ४६ रनको योगदान दिए। यस्तै बैभव वाटेगावङ्करले नटआउट ३७ र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे।

विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो ।

खेलमा शरद भेषावरकले सर्वाधिक २२ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा २९ रन दिएर २ विकेट लिए । यसैगरी बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिए । सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारे भने सन्दीपले जितेन्दर सिंहलाई २४ रनमा खेलिरहँदा बोल्ड गरेका थिए । बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई बोल्ड गर्न सफल भए । उनले लगत्तै खवार अलीलाई ११ रनमा बोल्ड गर्दै आफ्नो सफलतालाई निरन्तरता दिए ।

ओमानका लागि कालीमुल्लाहले ४ विकेट लिए। बिलाल खानले २ विकेट लिए भने जएस ओएड्रा, खावर अली र फइज बटले १–१ विकेट लिए ।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन् । एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ ।

The post डिभिजन टू : दोस्रो खेलमा ओमनसँग ६ विकेटले पराजित भयो नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles