बेइजिङ, १० साउन । चीनमा जारी अन्तराष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत म्यान्चेस्टर डर्बी म्याच खराब मौसमका कारण रद्द भएको छ । निकै नै प्रतिकुल मौसमका कारण म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको आजको खेल रद्द गरिएको आयोजकले जनाएको छ ।
यस खेललाई सिटीका म्यानेजर पेप ग्वार्डिओला र युनाइटेडका जोसे मउरिन्होबीचको रोचक भिडन्तकारुपमा समेत हेरिएको थियो । ग्वार्डिओला बार्सिलोनामा छँदा मउरिन्हो राइभल क्लब रियल मड्रिडका प्रशिक्षक थिए ।
युनाइटेडले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा म्याच रद्द भएको जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा युनाइटेड बोरुसिया डर्डमुण्डसँग ४-१ ले पराजित भएको थियो । सिटीले भने कुनै खेल खेलेको छैन ।
यो प्रिसिजन टूरअन्तर्गत आयोजित मैत्रीपूर्ण प्रतियोगिता हो ।
The post च्याम्पियन्स कपअन्तर्गत म्यान्चेस्टर डर्बी म्याच खराब मौसमले रद्ध appeared first on Sajha Post.