Quantcast
Viewing all articles
Browse latest Browse all 7991

क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

Image may be NSFW.
Clik here to view.
icc logo
काठमाडौँ, १० साउन । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसिसी को एक टोली आज नेपाल आइपुगेको छ ।

आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद राखेप का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् ।

त्यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ । नेपाली क्रिकेटको विवादले चरम रुप लिएपछि गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट सङ्घ क्यान लाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो महिना मात्र स्कटल्यान्डको इडिनबर्गमा बसेको आइसिसीको वार्षिक बैठकले निलम्बन सदर गरेको थियो ।

यता नेपालमा भने निर्वाचित क्यान र राखेपले बनाएको क्यानको तदर्थ समितिको विवाद दुवै अदालतमा पुगेको अवस्था छ । क्यानका निर्वाचित अध्यक्ष टङ्क आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद मङ्सिरमा सकिएपछि अर्को कार्यसमितिको निर्वाचनबारे विवाद आएपछि क्यान विवादले उग्र रुप लिएको थियो ।

यस्तोमा क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतको पक्षले मङ्सिरमा चुनावी साधारणसभा गर्दै चन्दका अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकामा त्यसलाई राखेप र अध्यक्ष आङ्बुहाङ पक्षले अवैधानिक बताउँदै आएको थियो ।

विवादपछि राखेपले गत पुसमा रमेश सिलवालका अध्यक्षतामा क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेकामा चतुरबहादुर चन्द लगायतले राखेपको तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले दुवै पक्षलाई काम कारबाही नगर्न अन्तरिम आदेश जारी गर्‍यो ।

आइसिसीले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने बताउदै आएको छ । यसैबीच नेपाल आएको आइसिसी टोलीले क्यानका पूर्व अध्यक्ष, सरकारी पक्ष, राखेप, दुवै क्यानका प्रतिनिधि तथा खेलाडी तथा सम्बन्धित व्यक्तिसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।
टोलीले नेपाली क्रिकेट विवादबारे यथार्थ पत्ता लगाएर आइसिसीमा लाने र त्यसपछि ठोस निर्णय लिने बताइएको छ । क्यान निलम्बनमा परे पनि नेपाली क्रिकेट टोलीले आइसिसीका अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेलिरहेको छ । रासस

The post क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles