Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ऐतिहासिक सफलतापछि कोहलीले यसरी सम्झिए अनुष्कालाई

$
0
0

६ म्याचमा औसत १८६ रन । कुल रन ५५८ र शतक तीन ।

यो तथ्यांकले नै भारतीय कप्तान विराट कोहलीको परिचय दिन्छ । दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय श्रृंखलामा उनले प्रस्तुत गरेको यो उच्च क्षमताका कारण भारतले ऐतिहासिक जित निकाल्न सक्यो ।

दक्षिण अफ्रिकी भूमिका पहिलो पल्ट एक दिवसीय श्रृङ्खला जिताएर इतिहास रच्नका लागि कोहलीको यो विशेष भूमिकाको जस कसलाई दिने ? उनले आफ्ना प्रशंसक र समर्थकसँगै उच्च प्राथमिकता दिएका छन् आफ्नी पत्नी अनुष्का शर्मालाई ।

अन्तिम वान डेमा जितपछि क्रिकेट कमेन्टेटर्सदेखि प्रशंसकसम्म म्यान अफ् द सिरीज कोहलीको प्रशंसामा जुटेका थिए । ब्याटिङमा पूरै कोहलीको दबदबा देखियो । यो श्रृंखलामा रन बनाउनेमा उनी दोस्रो नम्बरमा रहे । शिखर धवन र उनको बीचमा २३५ रनको फरक रहेको छ । धवनले ६ खेलमा एक शतकसहित ३२५ रन बनाए ।

नायिका अनुष्कासँग बिहेपछि विराटको यो पहिलो भ्रमण हो । उनको लागि यो सामान्य चुनौती थिएन । उनको टिमले टेस्ट सिरीज १-२ ले गुमाइसकेको थियो । पहिलो दुई टेस्ट हारेपछि कप्तानको रुपमा उनको निर्णयको सर्वत्र आलोचना भइरहेको थियो । तर, जस्तोसुकै अप्ठेरोमा पनि अनुष्काले दिएको हौसलालाई उनले भुल्न सकेनन् । यो सफलताबारे उनले खुलेर अनुष्काको प्रशंसा गरे ।

सेन्चुरियन वान डेपछि कोहलीले भने, ‘मैदान बाहिर जसले सहयोग गरे उनीहरुलाई पनि श्रेय दिनुपर्छ । मेरी पत्नी लगातार हौसला बढाउने काम गरिन् । उनलाई यसको श्रेय दिनुपर्छ । विगतमा उनको निकै आलोचना भयो । जब म कठिन घडीमा थिए उनले मलाई लगातार अघि बढ्न प्रेरित गरिरहिन् । यसका लागि म उनीप्रति आभारी छु ।’

इतिहास पनि उनको साथमा थिएन । यसभन्दा पहिले भारतले दक्षिण अफ्रिका कहिल्यै एक दिवसीय श्रृङ्खला जितेको थिएन । तर इतिहास तोड्नकै लेखिन्छ भनेझैँ विराटले आफ्नो नाम इतिहासमा सामेल गराए । उनी अगाडि बढ्दै टिमको नेतृत्व गरे ।

यो विजयमा प्रशिक्षक रवि शास्त्रीले दक्षिण अफ्रिकामा रचित इतिहासको पूरा श्रेय कप्तान विराट कोहलीलाई दिएका छन् । बीबीसी हिन्दीसँगको कुराकानीमा उनले भनेका छन्, ‘यसमा पूरा क्रेडिट कप्तानलाई नै दिनुपर्छ । उनको इन्टेनसिटीको लेभल एकदमै माथि रहेको छ । उनलाई देखेर बाँकी टिमलाई पनि यस्तो लाग्छ कि हामी पनि त्यो स्तरसम्म पुग्न कोशिश गर्नुपर्छ ।’

कोहली पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट देखिन्छन् तर उनले जितको श्रेय पूरै टिमलाई दिए । टेस्ट सिरीजको विपरित उनले एक दिवसीय श्रृङ्खलामा सही कप्तानी गरेको प्रतिक्रिया आइरहेको छ । उनले सही टिम बनाएर सही समयमा सही बलर छानेको प्रशंसकहरुले बताइरहेका छन् ।

The post ऐतिहासिक सफलतापछि कोहलीले यसरी सम्झिए अनुष्कालाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles