Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सिमरा गोल्डकपः उपाधिको लागि भिड्दै थ्रीस्टार र आर्मी

$
0
0

काठमाडौं, ५ फागुन । नवौं सिमरा गोल्डकप फूटवल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी र थ्रीस्टारबीच आज प्रतिस्पर्धा हुने भएको छ ।

मोफसलका विभिन्न प्रतियोगिता जितेका दुवै टिमले आजको खेल जित्ने दाबी गरेका छन् । झण्डै डेढ वर्षको अन्तरालपछि फुटबलमा पुनः फर्किएको थ्रीस्टार राम्रा लयमा रहेको छ । उसले यो सिजन पाँचौं प्रतियोगिता खेलिरहेको छ ।

पाँचौं प्रतियोगितामा थ्रीस्टारले तीनवटा फाइनल खेल्दै दुई प्रतियोगिताको उपाधि जितिसकेको छ । सिमरामा थ्रीस्टारले क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाईब्रेकरमा हराएको थियो भने सेमिफाइनलमा मोरङ ११ लाई ४–२ ले हराएको थियो ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम जति बलियो भए पनि आफ्नो टिमले जित हात पार्ने प्रतिक्रिया दिएका छन् । छैटौं संस्करणको विजेता आर्मी दोस्रो सिमरा गोल्डकपको उपाधिको खोजीमा रहेको छ ।

त्रिभुवन आर्मी क्लब यो सिजन राम्रो फर्ममा देखिएको छ । उसले यसअघि खेलेको सात प्रतियोगितामध्ये पाँचवटाको फाइनलमा पुग्दै चारवटाको उपाधि जितिसकेको छ । गत बैशाखमा भएको विशाल स्मृति गोल्डकप, काकडभिट्टा गोल्डकप, सतासी धाम गोल्डकप र सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितिसकेको छ ।

 

The post सिमरा गोल्डकपः उपाधिको लागि भिड्दै थ्रीस्टार र आर्मी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles