एजेन्सी, ८ फागुन । पुर्व बार्सिलोना तथा चेल्सी स्टाइकर पेद्रो रोद्रिगेजले लियोनल मेस्सीप्रति आफ्नो अभिब्यक्ति दिएका छन् ।
उनले लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएपनि अपराजित भने नरहेको बताएका छन् ।
फ्रेबअरी २० मा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग चरणमा चेल्सी बार्सिलोनासँथ आमने सामने गर्दैछ ।
बार्सिलोनामा ८ वर्ष मेस्सीसँग खेल खेलेका पेद्रोले बार्सिलोनालाई हराउन चेल्सी सक्षम रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो । बार्सिलोना भन्ने बित्तिकै लियोनल मेस्सी जसलाई रोक्न एकदमै कठिन रहेको छ । तर, चेल्सी यसका लागि तयार रहेको छ ।’
उनले भनेका छन्, ‘मेस्सीसँग खेल पाउनु एक भाग्यको कुरा हो । मैले मेरा सन्तानलाई पनि उनीसँग खेलेको हुँ भन्न पाउनेछु । उनी इतिहास कै सर्वश्रेष्ठ खेलाडी हुन् ।’
सन् २०११ -१२ को च्याम्पियन्स लिग सेमि फाइनलमा चेल्सीले बार्सिलोनालाई पराजित गरेको थियो भने फाइनलमा बार्यन म्युनिखलाई पराजित गर्दै उपाधि जितेको थियो । इतिहास दोहोराउने दाउमा चेल्सी रहेको छ ।
सन् २०१५ मा चेल्सीमा अनुबन्ध भएका पेद्रोले बार्सिलोना ३२ गोलले पराजित भएको आफुलाई अझै पनि याद रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘बार्सिलोनाका खेलाडीहरुलाई राम्रोसँग थाहा छ कि चेल्सीसँग खेल्नु चानेचुने कुरा होइन । इतिहासमा चेल्सीको राम्रो रेकर्ड रहेको छ । हो उनीहरु यस सिजन उच्च फर्ममा रहेका छन् र अपराजित पनि छन् । तर, चेल्सीको मैदानमा जित हात पार्न निकै कठिन रहेको छ ।’
The post च्याम्पियन्स लिगः बार्सिलोनालाई नकआउट गर्ने दाउमा चेल्सी, मेस्सीबारे यसो भन्छन् यी खेलाडी appeared first on Sajha Post.