Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टुवोर्ग विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अाजदेखि…

$
0
0

चितवन, ८ फागुन ।  चितवनको नारायणगढमा आज (मंगलबार)देखि सर्वाधिक धनराशीको १३ औं सँस्करणको टुवोर्ग विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको सबै तयारी सकिएको आयोजक विकाश शिल्ड समितिले जनाएको छ ।

आज उद्घाटन खेलमा फ्रेण्डस् क्लव काठमाडौं र विजय क्लव हेटौंडाबीच प्रतिस्पर्धा हुँदैछ । प्रचार–प्रसार समितिका संयोजक मञ्जुल प्रधानले भारतको एक टिमसहित १२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा नारायणगढ फुटबल क्लव चितवन, भरतपुर फुटबल क्लव चितवन, त्रिभुवन आर्मी क्लव काठमाडौं, सशस्त्र प्रहरी बल एपीएफ क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, मनाङ मस्याङदी क्लव काठमाडौं, थ्री स्टार क्लव काठमाडौं, संकटा क्लव काठमाडौं, फ्रेण्डस् क्लव काठमाडौं, विजय क्लव हेटौंडा मकवानपुर र भारतको सिक्किम व्याईज सिक्किम र सुदुर पश्चिम क्लव धनगढीले सहभागिता जनाउँदैछन् ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै म्यान अफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ, उत्कष्ट खेलाडीले ५० हजार रुपैयाँ र फेयर प्ले टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा यसवर्ष पुरस्कार राशी बढाएको हो । लामो समयपछि गतवर्ष भएको प्रतियोगितामा विजेताले ३ लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए । यसवर्ष खेलाडीको सेवा सुविधा समेत थप गरिएको आयोजकले जनाएको छ ।

The post टुवोर्ग विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अाजदेखि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles