Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

गोलरक्षकका कारण हार्नबाट जोगियो म्यानचेस्टर युनाइटेड

$
0
0

एजेन्सी, १० फागुन । च्याम्पियन्स लिगमा डि गियाले उत्कृष्ट खेल प्रदर्शन गर्दा म्यानचेस्टर युनाइटेडले सेभिल्लालाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

खेलको पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलको सेभिल्लाले २५ वटा अवसर सिर्जना गरेको थियो जसलाई म्यानुका गोलरक्षकले विफल पारिदिएका थिए । लामो समय पश्चात च्याम्पियन्स लिगमा कमव्याक गरेको म्यानुले खासै राम्रो खेल देखाउन सकेन ।

रक्षात्मक खेल खेलेका कारण पनि सेभिल्लालाई दबाब दिन सकेन ।

चार बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरण खेलिरहेको म्यान्चेष्टर युनाइटेडले केही मौका पाएको थियो । यो बराबरीले युनाइटेडलाई फाइदा पुग्नेछ ।

यो सिजन घरेलु मैदानमा भएको १८ मध्य १५ खेलमा जित हात पारेको युनाइटेड सेभियासँग वल्ड ट्राफोर्डमा खेल्नेछ ।

The post गोलरक्षकका कारण हार्नबाट जोगियो म्यानचेस्टर युनाइटेड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles