काठमाडौँ, १० फागुन । नेपाल आर्मी हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लवलाई १–० ले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । खेल अवधीभर मनाङले आर्मीलाई दवावमा राखे पनि ८९ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्याएका हुन् ।
आर्मीले उपाधिको लागि बुधबार हुने पुलिस र संकटा क्लवको विजेतासँग खेल्नेछ । भूकम्पमा परेर ज्यान गुमाएका खेल पत्रकार सुमन भोमजनको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
The post मनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै आर्मी क्लब फाइनलमा appeared first on Sajha Post.