
काठमाडौं, १३ फागुन । नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न जिम्बाबे पुगेको छ । नेपाली टोली गएराती जिम्बाबेका लागि प्रस्थान गरेको हो ।
नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ ।
दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् । विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानिस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।
The post नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न जिम्बाबेमा appeared first on Sajha Post.