एजेन्सी, १४ फागुन । आर्सनललाई ३-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि जितेको छ ।
वेम्लेमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले सानदार खेल प्रदर्शन गर्दै उपाधि हात पारेको हो ।
यो प्रशिक्षक पेप गुवार्डीवालाले जिम्मेवारी सम्हालेपछिको पहिलो उपाधि हो ।
म्यानचेस्टर सिटीको जितमा सर्जियो अगुइरो, भिन्सेट कम्पनी र डेबिड सिल्भाले एकएक गोल गरेका थिए ।
गएको सिजन एउटा पनि उपाधि जित्न नसकेको म्यानसिटीले यो सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ ।
काराबायो कप जितेपछि उत्साहित बनेको सिटी प्रिमियर लिग उपाधि जित्ने दाउमा समेत रहेको छ । युवा खेलाडीहरुले भरिएको सिटीलाई रोक्न कठिन हुने फुटबल विश्लेषकहरु बताउँछन् ।
पछिल्लो समय आर्सनलको खेल खस्किरहेको फुटबल पण्डितहरु बताउँछन् ।
फाइनल खेलमा आर्सनलको डिफेन्स पुन मात खाएको उनीहरुको भनाइ छ । च्याम्पियन्स लिग खेल्न छनोट नभएको आर्सनल यस सिजन युरोपा लिग खेलिरहेको छ ।
The post म्यानचेस्टर सिटीले जित्यो ‘इएफएल कप’ appeared first on Sajha Post.