Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कर्पोरेट बिच क्रिकेट प्रतियोगिता आयोजना हुने

$
0
0

Beach Cricketकाठमाडौं, १ चैत । यही चैत ५ गतेदेखि इन्टर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी शुक्रबार र शनिबार (५ र ६ गते) तथा त्यसपछिको साताको पनि अन्तिम दुई दिन (१२ र १३ गते) हुनेछ ।

कञ्चनजङ्घा इन्टरन्यास्नले आयोजना गर्ने प्रतियोगिता डालिमा रिसोर्ट कुरिन्टारमा सञ्चालन हुनेछ । ‘Sand and Summer cricket has began’ स्लोगनका साथ आयोजित प्रतियोगितामा २८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई कार्ल्सबर्ग, चैतन्य स्पा, रियलले प्रायोजन गरेका छन् । नदीको बगरमा रहेको खेलिने बिच क्रिकेटको कर्पोरेट स्वरूप मनोरञ्जनले भरिपूर्ण हुने आयोजकको दावी छ ।

पहिलो हप्ता १४ र दोस्रो हप्ता १४ गरि २८ टोलिले २ हप्ताको शुक्रबार र शनिबार खेल्नेछन् । प्रतियोगितामा एनएमबी बैंक, काठमाडौं पोस्ट, एच डी, नेपाल टुरिजम बोर्ड, गोर्खा ब्रुअरि, जीटिएल, पप्पु कन्स्ट्रक्सन, टेली टक, कास्ठमाण्डप टिभी, डब्लू-डब्लू-एफ, कान्तिपुर जब्स, सगुम प्लाईउड, इलेक्ट्रिक कम्पनि, डिस होम, सिभिल बै‌ंक, प्रभू बैंक, नेपाल टेलिकम, सिभिल बैं‌क, बैंक अफ काठमाडौंलगायत टोलीले सहभागिता जनाउने छन् ।

The post कर्पोरेट बिच क्रिकेट प्रतियोगिता आयोजना हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles