एजेन्सी, २९ साउन । बार्सिलोनी स्टार लियोनेल मेसीले अन्ततः अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने भएका छन् । कोपा अमेरिका फुटबलमा राष्ट्रिय टिमको पराजयसँगै राष्ट्रिय टिमबाट सन्यास लिने घोषणा गरेर उनले आफ्ना करोडौं समर्थकहरुलाई स्तब्ध बनाएका थिए ।
मेसी सेप्टेम्बरदेखि राष्ट्रिय टिममा फेरि सामेल हुने अर्जेन्टिनी प्रशिक्षक इडगार्डो बाउजाले जानकारी दिए । मेसीलाई भेट्न बिहिबार स्पेनको बार्सिलोना पुगेका बाउजाले उक्त जानकारी दिएका हुन् ।
राष्ट्रिय टिममा फर्कन मेसीले केही शर्त राखेको बाउजाले संकेत गरेका छन् । उनले राष्ट्रिय टिममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि मेसी टिममा फर्किन राजी भएको जानकारी दिए ।
‘उनी राष्ट्रिय टोलीमा फर्किन्छन् भन्नेमा मलाई कुनै द्विविधा छैन,’ बाउजाले भने, ‘उनीसँग राष्ट्रिय टोलीबाट खेल्ने ठूलो इच्छा भएको मैले महसुस गरेको छु ।’
The post अन्ततः अर्जेन्टिनी राष्ट्रिय टिममै फर्कने भए मेसी appeared first on Sajha Post.