
काठमाडौं, २९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजेबाट सुरु हुनेछ ।
नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ । नेदरल्याण्ड्सविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । अघिल्ला चार खेलमा जित हात पारेको घरेलु टोली नेदरल्याण्ड्स बलियो टोली हो ।
विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले नेदरल्याण्ड्समाथि दुई विकेटको जित हात पारेको थियो । नेपालले नेदरल्याण्ड्ससँग आफ्नो दोस्रो खेल सोमबार खेल्नेछ ।
The post विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल appeared first on Sajha Post.