Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१० जनामा सिमित मालागामाथि बार्सिलोनाको सहज जित

$
0
0

एजेन्सी, २७ फागुन । मेस्सीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले रेलिगेशनबाट उम्कन संघर्षरत मालागामाथि २-० गोलको जित दर्ता गरेको छ।

बार्सिलोनाको जितमा लुइज स्वारेज र फिलिपिन्हो कोटिन्होले गोल गरे ।

खेलको १५ र २८ औ मिनेटमा उनीहरुले गोल गरेका थिए ।

मालागालाई तब झट्का लाग्यो जब गार्सिया ३८ औ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए ।

यस सिजन उपाधि होडमा रहेको बार्सिलोनाले मेस्सी बेगर पनि आफुहरु सक्षम रहेको देखाएका छन् । यो जितसँगै बार्साको २८ खेलमा ७२ अंक भएको छ ।

The post १० जनामा सिमित मालागामाथि बार्सिलोनाको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles