एजेन्सी, २९ फागुन । यसै सिजन बार्सिलोना आएका ब्राजिलियन स्टार फिलिपिन्हो कोउटिन्होले नेयमार बार्सिलोना फर्किए आफु अत्याधिक खुसी हुने बताएका छन् ।
नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहँदा कोउटिन्होले यस्तो प्रतिक्रिया दिएका हुन् । गएको अगस्टमा बार्सिलोना छोड्दै २२२ मिलियन पाउण्डमा नेयमार पिएसजी गएका थिए ।
कोउटिन्होले भनेका छन्, ‘ब्राजिलबाट उ र म सँगै खेल्दै आइरहेका छौ । बार्सिलोना पनि उसँगै खेल्ने ठुलो रहर रहेको छ । बार्सिलोना फर्किए म अत्याधिक खुसी हुनेछु ।’
मालागाविरुद्ध गोल गरेका कोउटिन्हो बिस्तारै बार्सिलोना टिममा सेट हुँदैछन् ।
त्यस्तै बार्सिलोनाका अर्का स्टार खेलाडी इभान राकिटीकले समेत नेयमार बार्सिलोना फर्किनुपर्ने बताएका छन् ।
The post यी खेलाडीहरुले पनि भने-नेयमार बार्सिलोना फर्क appeared first on Sajha Post.