Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘मास्टरमाइण्ड’मोउरिनोको म्यानु च्याम्पियन्स लिगबाट बाहिरियो

$
0
0

एजेन्सी, ३० फागुन । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई सेभिल्लाले पाखा लगाएको छ ।

पहिलो लिग चरणमा गोलरहित बराबरी गोल खेलेको म्यानु आफ्नै मैदानमा सेभिल्लासँग २-१ गोलले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफको ७० मिनेट पछिको खेल अति नै रोमाञ्चक रहेको थियो । सेभिल्लाका विसम बेन एडरले खेलको ७४ औ मिनेटमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । चार मिनेट नबित्दै उनले नै दोस्रो गोल गरे ।

म्यानुले खेलमा फर्कन हरसम्भव प्रयास जारी राखेको थियो । खेलको ८४ औ मिनेटमा रोमेलु लुकाकुले एक गोल फर्काए । तर, त्यसपछि म्यानुले गोल फर्काउन सकेन र च्याम्पियन्स लिगबाट बाहिरियो ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा अवे गोलकाआधारमा रोमा अर्को चरणमा प्रवेश गरेको छ । सम्रगमा दुईदुई गोलको बराबरी खेल खेलेपछि रोमा अर्को चरणमा प्रवेश गरेको हो ।

The post ‘मास्टरमाइण्ड’ मोउरिनोको म्यानु च्याम्पियन्स लिगबाट बाहिरियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles