एजेन्सी, ३० फागुन । च्याम्पियन्स लिगको आज राति हुने खेलमा चेल्सी र बार्सिलोना आमने सामने गर्दैछन् । दुवै टोली गर वा मरको अवस्थामा रहेका छन् ।
तर, बार्सिलोनालाई भने घरेलु मैदानमा भने फ्यानहरुको उल्लेख्य सपोर्ट रहनेछ । केही दिनको विश्रामपछि लियोनल मेस्सी र इनिस्टा पनि टोलीमा फर्केका छन् ।
पहिलो लिग चरणको खेलमा चेल्सीले बार्सिलोनालाई कडा टक्कर दिएको थियो । चेल्सीका स्टार खेलाडी विलियन ह्याट्रिक गर्नबाट चुकेका थिए ।
उनले हानेका दुई प्रहार बारमा लागेर फर्किएका थिए भने एक गोल गर्न सफल भएका थिए । यस सिजन उच्च फर्ममा रहेका लियोनल मेस्सीले इतिहास रच्दै चेल्सीविरुद्ध गोल गरे ।
अर्को चरण प्रवेश गर्न चेल्सीका पशिक्षक र बार्सिलोनाका प्रशिक्षकले कस्तो रणनीति प्रयोग गर्ने हुन् सबैको चासोको विषय बनेको छ ।
घरेलु मैदान भएका कारण बार्सिलोनाले जित्नेमा केही फुटबल विश्लेषकहरु बताउँछन् ।
चेल्सीलाई गोलरहित बराबरीमा रोक्न सके पनि अवे गोलका आधारमा पनि बार्सिलोना अर्को चरणमा प्रवेश गर्नेछ ।
तर, चेल्सीले बार्सिलोनामाथि ठुलो दबाब दिने तथा च्याम्पियन्स लिगको यात्रालाई स्तबन्ध बनाउने अर्काथरी फुटबल प्रशिक्षकहरु बताउँछन् ।
The post बार्सिलोनालाई पाखा लगाउने दाउमा चेल्सी appeared first on Sajha Post.