काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि नेपालले पपुवा न्यूगिनीसँग खेल्दैछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ भने पपुवा न्यूगिनीलाई पहिले ब्याटिङ गर्न भनेको छ ।
समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेको नेपालले आजको जित निकाल्न सके एकदिवसीय मान्यता पाउन सक्दछ । नेपालले पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराएमात्र नेपालको सपना साकार हुनेछ ।
यता नेपाल र हङकङ दुबैले खेल जितेभने सातौं स्थानका लागि हुने खेल पनि जित्नु पर्नेहुन्छ । यदि नेपालले हार्याे भने एकदिवसीय मान्यता पाउने बाटो त बन्द हुन्छ नै सँगसँगै डिभिजन टूमा घटुवा हुनेछ । विश्वकप छनोटमा पपुवा न्यूगिनीले एक खेल पनि जितेको छैन । अाजकाे खेलकाे लाईभ हेर्नका लागि रातो अक्षरमा क्लिक गर्नुहोस् । NEPAL VS PAPUA NEW GUINEA
The post क्रिकेट : नेपालले टस जितेर फिल्डिङ रोज्यो, पपुवा न्यूगिनी ब्याटिङमा(LIVE) appeared first on Sajha Post.