काठमाडौं, १ चैत । नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरेकोमा उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाउने भएको छ । जिम्बावेमा जारी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा नेरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले ओडिआई स्ट्याटस पाउने पक्का भएको हो ।
उपराष्ट्रपति पुनले इतिहासमै नेपालको पहिलो सफलताप्रति खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय टिमलाई बधाई तथा शुभकामना दिएका हुन् । उनले नेपाली क्रिकेटको अझै विकासका लागि सरकार र सबै पक्षले उच्च ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
The post नेपाली क्रिकेट टिमलाई उपराष्ट्रपतिकाे बधाई appeared first on Sajha Post.