Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालले इतिहास रच्दा आईसीसी खुसी, विराटको तस्बिरको ठाउँमा नेपाली खेलाडीको तस्बिर

$
0
0

काठमाडौं, २ चैत । । नेपाली क्रिकेटले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गरेको छ । विहीबारको खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको हो ।

नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिने परिघटनालाई आईसिसीले पनि उच्च सम्मान गरेको छ । नेपालको यो सफलताको कथासहित आईसिसीले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै परिवर्तन गरेको छ । यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको थियो । अहिले नेपाली क्रिकेट टोलीको तस्बिर राखिएको छ । नेपालको सफलतामा विभिन्न मुलुकका क्रिकेटरसँगै सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सले पनि बधाई दिएको छ ।

नेपाली समर्थकहरुले पनि विभिन्न ढंगले खुसी साटासाट गरिरहेका छन् ।

The post नेपालले इतिहास रच्दा आईसीसी खुसी, विराटको तस्बिरको ठाउँमा नेपाली खेलाडीको तस्बिर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles