
काठमाडाैं, ३ चैत । अन्तराष्ट्रिय क्रिकेट इतिहासमा पहिलोपटक एक दिवसीय मान्यता पाएको नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ ।
जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत् सातौं स्थानका लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् ।
यसअघि बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएका हो ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्स अहिलेसम्म चारपटक आमने–सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई/दुई खेल जितेका छन् । आज नै नवौं स्थानका लागि हङकङ र पपुवा न्यूगिनी पनि भिड्दैछन् ।
The post विश्वकप छनोट : अाज नेपाल र नेदरल्यान्ड्स भिड्दै appeared first on Sajha Post.