Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधि प्रदेश नम्बर ४ लाई

$
0
0

 

सुनसरी, ३ चैत । सुनसरीको इटहरीमा आयोजित प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको प्रदेश नम्बर ४ ले जित्न सफल भएको छ ।

शनिवार सम्पन्न प्रदेश नम्बर ५ र प्रदेश नम्बर ४ बीचको खेलमा प्रदेश ५ लाई २५–१९, २५–२२ र २५–१५ को सोझो सेटले पराजित गर्दै प्रदेश ४ विजेता बन्न सफल भएको हो । विजयी प्रदेश ४ ले उपाधिसँगै नगद २ लाख जितेको छ । त्यस्तै उपविजेता बनेको प्रदेश ५ ले नगद १ लाख प्राप्त गरेको छ ।

शनिबार नै तेस्रो स्थानको लागि सम्पन्न खेलमा प्रदेश १ ले प्रदेश ७ लाई २५–१६, २५–२२ र २५–१८ को सोझो सेटले पराजित गर्दै नगद ५० हजार हात पारेको छ । प्रदेश ७ ले सान्त्वनामा चित्त बुझाउँदै नगद २५ हजारमा प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ४ का अमृत केसी घोषित भएका छन् ।

प्रतियोगिता फागुन ३० गते सुरु भएको थियो ।

The post प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधि प्रदेश नम्बर ४ लाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles