एजेन्सी, ४ चैत्र । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वार्टफोर्डलाई ५-० गोलले पराजित गरेको छ ।
पछिल्लो समय उच्च फर्ममा रहेका मोहमम्दले शनिबार राति भएको प्रिमियर लिग खेलमा वार्टफिोर्डविरुद्ध चार गोल गरे । उनले खेलको ४ औ, ४३ औ, ७७ औ र ८५ औ मिनेटमा गोल गरेका थिए ।
इजिप्टका खेलाडीले प्रिमियर लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । लिभरपुलका लागि एक गोल भने रोबर्टो फिरमिनोले गरे । यो जितसँगै लिभरपुलले सानदार कमव्याक गरेको छ ।
गएको हप्ता म्यानचेस्टर युनाइटेडसँग लिभरपुल २-१ गोलले पराजित भएको थियो ।
यो जितसँगै लिभरपुलको ३१ खेलमा ६३ अंक भएको छ भने यस सिजन मोहमम्द सलाहो प्रिमियर लिग गोल सख्या २८ पुगेको छ ।
गएराति नै भएका अन्य खेलमा इभर्टनले स्टोक सिटीलाई २-१ गोलले पराजित गरेको छ । क्रिस्टल प्यालेसले हडल्सफिल्ड टाउनलाई २-०
गोलले पराजित गरेको छ । लिग तालिकाको २-० औ स्थानमा रहेको वेस्टब्रोम एफसी बोर्नेमाउथसँग पराजित भएको छ ।
The post लिभरपुलले गर्यो गोलको वर्षा, मोहमम्द सलाह एक्लैले गरे चार गोल appeared first on Sajha Post.